New Blog

Click Here to head to the new blog.

Saturday, June 27, 2009

कुर्ची (Stool)

कुर्ची (Concept borrowed from onetimeblind)

सर्मीला – येशू। येशू। मैले तपाईलाई केहि ल्याई दिएको छू। हेर्नुस्।
(सर्मीलाले खुसी हुदैँ कुर्ची येशूको अगाडि राख्छिन्।)

येशू – ओहो! सर्मीला तिमिलाई यसको अर्थ थाहा छ? यो भनेको त तिम्रो जीवनको सबै निर्णय म लिन्छु।
(सर्मीला येशूको अगाडि हात जोड्दै)

शर्मीला – मलाई थाहा छ प्रभु। अब देखि तपाईले जे भन्नुहुन्छ। म त्यहि गर्छु।
(येशू दङ्ग पर्नुहुन्छ)

येशू – सर्मीला, म आज तिमीसँग एमदम खुसी छु। म बसौँ त?

स्रर्मीला – बस्नुस् प्रभु।
(केहि बेर पछि प्रेरणा र सितल एकदम हर्षीत मुद्रामा आउछे)

प्रेरणा – सर्मीला। सर्मीला। तिमी यहाँ छौ? हामीले तिमीलाई कति खोजेम।
सर्मीला – किन? के भो र?
(येशू ध्यान दिदै सुन्नुहुन्छ।)

सितल – सुनन। आज हामी फिल्म हेर्न जाम न? कस्तो राम्रो फिल्म लागेको छ। शारुक खान हिरो!

सर्मीला – खै। मलाई त आमाले जान दिनुहुन्न।

प्रेरणा – छ्या। तिम्रो आमाले थाहा पाउदैन के। सुटुक्क जाने।

येशू (सर्मीलाको कानमा) – हुँदैन।

सर्मीला – हुँदैन।

सितल (अच्म्म) – हँ?

सर्मीला – मेरो मतलब, भै हाल्छ नि। (अक्मकिदै)

येशू – सर्मीला?
(सर्मीला येशूलाई कुर्चीबाट धकाल्दै आफू पनि बस्छिन्।)

प्रेरणा – ल है। म अरु केटीहरूलाई पनि भन्छु। तर जानूपर्छ है।

सर्मीला (अब येशू र सर्मीला दुबै जाना कुर्चीमा।) – हुन्छ। Sure।
(प्रेरणा र सितल जान्छन्)

येशू – सर्मीला, यो तिमीले के गरेको? म त याहाँ खस्नै लागे।
(दुबै जाना कुर्चीबाट उठ्छन्।)

येशू – अगि मैले भनेको किन नमानेको?

सर्मीला – नमानेको होईन येशू। मैले नाई भन्नै सकिन। मेरो साथीहरू हुन्।

येशू – तर तिमीलाई थाहा थियो कि तिमीलाई तिम्रो आमाले जान दिनुहुन्न। त्यहि पनि किन जान्छु भनेउ?

सर्मीला (हात जोड्दै) – मलाई माफ गर्नुस् प्रभु। अब देखि म तपाईले भनेको सुन्छु। तपाई कुर्चीमा बस्नुस्।
(येशूलाई कुर्चीमा राख्दै।)

येशू – साँच्चै हो?

सर्मीला – साँच्चै येशू। साँच्ची।
(एक छिन पछि)

येशू – तिमीले आज त्यो ५०० रुपैँयाको नोट किन लिएको?

सर्मीला (नथाहा पाए जसरी) – कुन ५००को नोट प्रभु? (कुर्ची तिर बढ्दै)
येशू – तिम्रो आमाको purse को।

(सर्मीला कुर्ची माथि चढ्दै, येशूलाई ठेल्दै।)

सर्मीला – अब येशू, मेरो आमाको र मेरो भन्नु एउटै होनि।

येशू – तिमीले सोध्दा नि सोधेनौ। (अब सर्मीला येशू माथि येशूलाई हटाउन खोज्दै।) यो के गरेको?
(दुबै जाना उठ्छन्। सर्मीलाले कुर्ची बोक्छे।)

येशू – सर्मीला, तिमी मालाई यो कुर्चीमा चाहान्छौ कि नाई?
(सर्मीला येशूलाई कुर्ची दिन्छ तर आफ्नो हात हटाउदैन।)

सर्मीला – यो तपाई कै हो प्रभु। (कुर्ची एक छिन ताना तान हुन्छ।)

येशू – सर्मीला, तिमीले यो कुर्ची मलाई दिनेकी नदिने निर्णय गर्नुपर्छ।

सर्मीला – प्रभु, म निर्णय गर्न सक्दिन। (येशूले कुर्ची छाड्नुहुन्छ।)

येशू – तिमीले निर्णय गरि सक्यै।
(सर्मीला टाउको तल गरेर फर्कन्छे।)

समाप्त

translated by Saral

Monday, June 22, 2009

यो सरल कता गयो?

तपाईहरूलाई खुल्दुली भई राखेको हुनुपर्छ। म कता गए भनेर।

म हराएको छैन नत मैले internet नै चलाउन बिर्से। :)

मेरो केहि हप्ता यता life एकदम busy भएछ। College को लागि तयारी, चर्चमा भर्खरै भएको जवान सङ्गती, आदिले मेरो समय लिए। तर पर्मेश्वरलाई धन्यवाद होस् सबै कुराहरू ठिकै नै भई राखेको छ।

अब अरू के भनु। Facebook मा धेरै समय बिताए पछि आफ्नो blog त बिर्सिदो रहेछ।

तर अब म बिस्तारै post हरू गर्नेछु्।

सरल इस्राएल श्रेष्ठ।