New Blog

Click Here to head to the new blog.

Wednesday, April 29, 2009

अब यहाँ तपाईले नेपाली पनि देख्नु हुनेछ

सबै प्यारा ब्लग पाठक मानुभाबहरू, नमस्ते र जयमसी!

आज देखि यस ब्लगले दुईटा नयाँ स्टेपहरु लिऐको छ।

पहिलो, यो ब्लगको नाम अथवा ब्लगको लिङ्क (address) चेन्ज भएको छ। अब देखि यो ब्लग XristosFilos भनेर चिनिने छ। Xristos र Filos ग्रीक शब्दहरू हुन् र यिनिहरूको अर्थ क्रमस "येशू ख्रीष्ट" र "साथि" हो। अङ्ग्रेजीमा भन्नु पर्दा "Jesus Christ" र "Friend" हो।

तपाईलाई अचम्म लागेको हुनुपर्छ कि म किन यस्तो गर्दै छु। सरल भाषामा भन्नु पर्दा, यो मेरो व्यक्तिगत ब्लग हो र म येशूको हुँ। :)

अर्को चेन्ज त तपाईले थाहा पाई सकेको हुनुपर्छ। मैले नेपालीमा पनि लेख्न थालेको छू!

यो मलाई एकदमै खुसी र नयाँ कुरा हो। मेरो नेपाली टाईपीङ् अझै ढिलो छ तर मलाई विश्वास छ कि आउने दिनहरूमा छिटो हुनेछ।

अब अरू कुरा पछि गरौँला।

पर्मेश्वरको आशिस तपाईहरूसगँ रहोस्।