New Blog

Click Here to head to the new blog.

Tuesday, May 5, 2009

वर्तमान राजनितिक स्थितीमा हामी ईसाइहरूको भूमिका?

तपाईहरु अहिले नेपाली समाचार सुनिराख्नु भएको छ भने पक्कै पनि अहिलेको राजनितिक माहोल तनावपुर्ण छ भनेर थाहा गर्नु भएको हुनुपर्छ। निश्चय पनि नेपाली राजनितिले ठूलै फड्को मारेको छ।

सेना 'ईन्टिग्रेसन'को विबाद लिऐर प्रमुख सेनापति निकालिएर पनि प्रधानमन्त्रीले राजिनामा दिएर पनि, अझ नपुगेर प्रचन्डले आफ्नो 'जनसेना'लाई दिएको भाषणको भिडियो 'लिक' भयो। साच्चै, यति धेरै 'ब्रेकिङ न्यूज' यति छोटो समयमा नेपालको ईतिहासमा कहिले भएको छैन।

सबैको मनमा यहि कुरा छ, 'के नेपालको समस्याहरुको हल होला?'

यो 'नरमल' हो। यस्सो हेर्दा साच्चै राजनितिक द्वन्द र अस्थिर्ता कहिलै हट्दैन जस्तो लाग्छ। अब यस्तो बेलामा हामी ईसाइहरुको काम के हुन्छ त?

अलिकति 'हिस्टोरी' हेरौं।

निस्चय पनि पर्मेश्वरको नेपाल देशको लागि ठूलो योजना छ। येशूको बारेमा नेपालले थहा पाएको करीब ५० वर्ष भन्दा बडि भैसक्यो। (धेरै वर्ष अगाडिदेखि नेपालमा ख्रीष्टिएन थिए तर खास सन् १९५१ मा मात्रै प्रचारकहरूलाई नेपाल आऊन दिइयो) ठिक तथ्यांक त मसँग छैन तर अहिले नेपालमा येशूको बारे सुनेका र येशूलाई मुक्तिदाता भनेर ग्रहण गरेका धेरै छन्। यति छोटो समयमा नै पर्मेश्वरको धेरै राज्य बिस्तार भैसकेको छ। अनगिन्ती संख्यामा चर्चहरू नेपाल देश भरी नै खुलेका छन्। यो नेपालको लागि पर्मेश्वरको योजनाको साक्षी हो।

यदि हामीले ईतिहास केलाएर हेर्ने हो भने नेपालमा ईसाइहरुले धेरै दु:ख पाएका छन्। पञ्चायत कालमा ख्रीष्टिएनहरुलाई जेल हाल्ने चलन थियो। बाईबल बोक्नेदेखि लिएर, प्रचारक, अनि येशूलाई ग्रहण गर्ने सबैलाई सजाए दिईन्थ्यो। ख्रीष्टिएनहरुको काम खालि अस्पताल बनाउने अनि समाज सेवा गर्नेमा सिमित थियो। कसैलाई प्रचार गर्ने अथवा धर्म परिवर्तन गर्ने स्वन्त्रता थिएन। तर यस्तो हुँदा पनि पहिलो 'जेनेरेसन'का विश्वासीहरू(हाम्रा गुरुबा-आमा, बाजे-बोजु, बुबा-आमा) ले येशूलाई त्यागेनन् र येशूले पनि हामीलाई त्यागनु भएन। अहिले हामी जे छै त्यो यसै कुराको 'रिजल्ट' हो।

सन् १९९१ को जन आन्दोलनसँगै नेपालमा पर्मेश्चरको काम निकै बढ्यो। अहिले त नेपाल हिन्दू राज्य होईन तर नेपाल मात्र भनेर चिनिन्छ। गएको वर्ष मात्रै हामीले इतिहास मै पहिलो पल्ट ख्रीष्टमसमा सार्वजनिक बिदा पायौं।

यो सबै नेपालमा रहेका र नेपाल देशलाई बाँचेको देख्न चाहाने असंख्य विश्वासीहरुको निरन्तर प्राथनाको कारणले हो। पर्मेश्चरले हाम्रो प्राथना सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ।

मेरो पहिलो प्रस्नमा जाऔं। देशको यस्तो अवस्तामा हाम्रो काम के त?

हामीले प्राथना गर्न छोड्नु हुँदैन: यो निरन्तर रूपमा गरिरहने प्रथना हो। तपाईलाई पर्मेश्वरसँगको धन्यवादको, अर्ज विन्तीको प्राथना सँगसगै नेपालको निम्त अन्तर विन्ती प्राथना अनिवार्य छ। नेपालको उच्च ओहदामा भएकाहरू, देश चलाउने साँचो पाएकाहरू र आम-नेपालीहरूको निम्ति नै हामीले प्राथना गर्नुपर्छ, यो विश्वासमा कि, जे तपाईले प्रथनामा माग्नुहुन्छ त्यो पर्मेश्वरले गर्नुहुन्छ। यो पर्मेश्वरको हामीलाई प्रतिग्या हो। अझै, प्रभुको इच्छ्या यो देशमा पुरा होस भनेर हामीले विन्ती गर्नुपर्छ।

अर्को कुरा: हामी हरेश खानु हुदैन। संसारमा हुँदा दु:ख हुन्छ र अझ ईसाइहरूलाई त झनै पींडा हुन्छ। तर पनि हामीले याद राख्नुपर्ने , येशूले संसारलाई जित्नु भएको छ, र संसारको मालिकलाई, स्वर्ग र पृथ्वी सृष्टी गर्नु हुने पर्मेश्चरलाई हामी चिन्छैं र उँहाको छोरा-छोरी हुने अवसर हामीले पाएका छैँ। हामी हरेश खाने र डराउन पर्ने कुनै कारण छैन।

प्राथना गर्न नछाढ्नुस्। पहिलेका ईसाइहरूले भोगेका दु:ख र पर्मेश्चरले नेपाल राष्टको निम्ति गर्नुभएको कामहरूको सम्झना गर्नुस् र उँहाको प्रशंसा गर्नुस्।

साँच्चै नै नेपाल देशमा पर्मेश्चरले अझै ठूला-ठूला कामहरू गर्नुहुनेछ।

[note: The views expressed here are solely mine and should not be considered as a general Christian view or the view of my Church.]

कसलाई चाहियो?

तिमी यस्तो छौ?
१. येशूलाई पछ्याउने

२. आत्मिक रुपमा बलियो

३. स्मार्ट र ईन्टेलिजेन्ट

४. फन्नी

५. दयालु र असल ह्रदय

६. मन मिल्ने

७. उच्च विचार