New Blog

Click Here to head to the new blog.

Tuesday, July 14, 2009

मेरो लागि मर्नै? (Die for me?)

सर्मीला (एकदम हर्षीत मुद्रामा) – येशू! येशू!
येशू – अहो, सर्मीला। के भयो?
सर्मीला – प्रभु आज म एकदम खुसी छु।
येशू – हो र?
सर्मीला – हो प्रभु। यो हप्ता मैले तपाईको बारे चर्चमा सिके। साँच्चै, तपाई कति महान हुनुहुन्छ।
(येशू खुसी बन्नुहुन्छ्)
सर्मीला – म तपाईलाई अति प्रेम गर्छु प्रभू।
येशू – म पनि तिमीलाई प्रेम गर्छु।
सर्मीला – हैन, म त तपाईलाई झन धेरै प्रेम गर्छु। म तपाईलाई यति प्रेम गर्छु। यति प्रेम गर्छु कि, कि (यता उता हेर्छिन्) म तपाईको लागि मर्न तयार छु।
येशू (दङ्ग पर्दै) – हँ? ओहो। मलाई तिमीले धेरै खुसी बनाऐ आज। अब तिमीले मेरो बारे अरूलाई भन्नूपर्छ।
सर्मीला – हुन्छ प्रर्भु। तपाईले जे भन्नुहुन्छ म त्यहि गर्छु।
(एक छिन पछि रोसन र हिमाल त्यहाँ आउछ।)
हिमाल – सर्मीला? के छ?
रोसन - Long time no see है।
सर्मीला – रोसन! हिमाल! के छ? काहाँबाट?
रोसन – हामी त तिमीलाई नै भेट्न आएको।
(येशू ध्यान दिएर सुन्नुहुन्छ।)
हिमाल – सुनन। हिजो हामी धुम्न गएको के, चोभार तिर। अनि प्रेरणा र सितल पनि थिए। कस्तो रमाईलो भयो।
रोसन – तै! बाटोमा मान्छेहरूलाई जिस्काँउदै गएको। हाहा। एउटा मान्छैलाई त लोला हानेको है, कस्तो तालुमा नै लाग्यो!
(सबै जान हास्छन्। येशू टाउको हल्लाउदै।)
हिमाल – अनि तिमीले के गर्यै सुनाउन।
येशू (सर्मीलाको कानमा) – उनिहरुलाई मेरो बारे भन। उनिहरूलाई मेरो खाँचो छ।
सर्मीला (अक्मकिदै) – अम्। मैले त खासै केहि गरिन। Nothing Interesting.
येशू (अलि नजिक आउदै) – तिमीले चर्चमा के गर्यो भनन।
(सर्मीलाले येशूलाई नसुने जस्तो गर्छ।)
रोसन – ए, ल। Next time. तिमी पनि हामीसँगै आउ है?
सर्मीला – ल। भै हाल्छ नि।
हिमाल – ल हामी जान्छौँ है त। बाई।
सर्मीला – बाई।
(हिमाल र रोसन जान्छ।)
येशू – सर्मीला, तिमीले उनिहलाई मेरो बारे किन नभनेको?
सर्मीला – हैन के येशू। उनिलाई मत्लब नै हुँदैन। उनिहरूले मैले भनेको कुरामा हाँसे भने?
येशू (दु:खी हुँदै) – अगि तिमी मेरो निम्ति मर्न तयार छौ भनेको होइन?
सर्मीला – हो प्रभु। म तपाईको निम्ति मर्न तयार छु।
येशू – यदि तिमी मेरो निम्ति बाँच्न पनि सक्दैनौ भने, मेरो निम्ति कसरी मर्छौ?
(सर्मीला अचच्म भएर येशूलाई हेर्छ। अनि दु:खी भएर फर्कन्छ।)
समाप्त
adopted from onetimeblind skit "How can you die for me?"

Wednesday, July 1, 2009

Facebook: Are you happy?

Just came across this poll on facebook. Was a little shocked to see such a straight forward question.

Its sad that almost 36% answered not happy. Now, you might argue that we have more (64%) who are happy but if we really think about it...the 36% is a lot of people considering the millions that are on facebook.

Only if they knew the love of Jesus.

Only if they heard the Gospel.

Only if....

Saturday, June 27, 2009

कुर्ची (Stool)

कुर्ची (Concept borrowed from onetimeblind)

सर्मीला – येशू। येशू। मैले तपाईलाई केहि ल्याई दिएको छू। हेर्नुस्।
(सर्मीलाले खुसी हुदैँ कुर्ची येशूको अगाडि राख्छिन्।)

येशू – ओहो! सर्मीला तिमिलाई यसको अर्थ थाहा छ? यो भनेको त तिम्रो जीवनको सबै निर्णय म लिन्छु।
(सर्मीला येशूको अगाडि हात जोड्दै)

शर्मीला – मलाई थाहा छ प्रभु। अब देखि तपाईले जे भन्नुहुन्छ। म त्यहि गर्छु।
(येशू दङ्ग पर्नुहुन्छ)

येशू – सर्मीला, म आज तिमीसँग एमदम खुसी छु। म बसौँ त?

स्रर्मीला – बस्नुस् प्रभु।
(केहि बेर पछि प्रेरणा र सितल एकदम हर्षीत मुद्रामा आउछे)

प्रेरणा – सर्मीला। सर्मीला। तिमी यहाँ छौ? हामीले तिमीलाई कति खोजेम।
सर्मीला – किन? के भो र?
(येशू ध्यान दिदै सुन्नुहुन्छ।)

सितल – सुनन। आज हामी फिल्म हेर्न जाम न? कस्तो राम्रो फिल्म लागेको छ। शारुक खान हिरो!

सर्मीला – खै। मलाई त आमाले जान दिनुहुन्न।

प्रेरणा – छ्या। तिम्रो आमाले थाहा पाउदैन के। सुटुक्क जाने।

येशू (सर्मीलाको कानमा) – हुँदैन।

सर्मीला – हुँदैन।

सितल (अच्म्म) – हँ?

सर्मीला – मेरो मतलब, भै हाल्छ नि। (अक्मकिदै)

येशू – सर्मीला?
(सर्मीला येशूलाई कुर्चीबाट धकाल्दै आफू पनि बस्छिन्।)

प्रेरणा – ल है। म अरु केटीहरूलाई पनि भन्छु। तर जानूपर्छ है।

सर्मीला (अब येशू र सर्मीला दुबै जाना कुर्चीमा।) – हुन्छ। Sure।
(प्रेरणा र सितल जान्छन्)

येशू – सर्मीला, यो तिमीले के गरेको? म त याहाँ खस्नै लागे।
(दुबै जाना कुर्चीबाट उठ्छन्।)

येशू – अगि मैले भनेको किन नमानेको?

सर्मीला – नमानेको होईन येशू। मैले नाई भन्नै सकिन। मेरो साथीहरू हुन्।

येशू – तर तिमीलाई थाहा थियो कि तिमीलाई तिम्रो आमाले जान दिनुहुन्न। त्यहि पनि किन जान्छु भनेउ?

सर्मीला (हात जोड्दै) – मलाई माफ गर्नुस् प्रभु। अब देखि म तपाईले भनेको सुन्छु। तपाई कुर्चीमा बस्नुस्।
(येशूलाई कुर्चीमा राख्दै।)

येशू – साँच्चै हो?

सर्मीला – साँच्चै येशू। साँच्ची।
(एक छिन पछि)

येशू – तिमीले आज त्यो ५०० रुपैँयाको नोट किन लिएको?

सर्मीला (नथाहा पाए जसरी) – कुन ५००को नोट प्रभु? (कुर्ची तिर बढ्दै)
येशू – तिम्रो आमाको purse को।

(सर्मीला कुर्ची माथि चढ्दै, येशूलाई ठेल्दै।)

सर्मीला – अब येशू, मेरो आमाको र मेरो भन्नु एउटै होनि।

येशू – तिमीले सोध्दा नि सोधेनौ। (अब सर्मीला येशू माथि येशूलाई हटाउन खोज्दै।) यो के गरेको?
(दुबै जाना उठ्छन्। सर्मीलाले कुर्ची बोक्छे।)

येशू – सर्मीला, तिमी मालाई यो कुर्चीमा चाहान्छौ कि नाई?
(सर्मीला येशूलाई कुर्ची दिन्छ तर आफ्नो हात हटाउदैन।)

सर्मीला – यो तपाई कै हो प्रभु। (कुर्ची एक छिन ताना तान हुन्छ।)

येशू – सर्मीला, तिमीले यो कुर्ची मलाई दिनेकी नदिने निर्णय गर्नुपर्छ।

सर्मीला – प्रभु, म निर्णय गर्न सक्दिन। (येशूले कुर्ची छाड्नुहुन्छ।)

येशू – तिमीले निर्णय गरि सक्यै।
(सर्मीला टाउको तल गरेर फर्कन्छे।)

समाप्त

translated by Saral

Monday, June 22, 2009

यो सरल कता गयो?

तपाईहरूलाई खुल्दुली भई राखेको हुनुपर्छ। म कता गए भनेर।

म हराएको छैन नत मैले internet नै चलाउन बिर्से। :)

मेरो केहि हप्ता यता life एकदम busy भएछ। College को लागि तयारी, चर्चमा भर्खरै भएको जवान सङ्गती, आदिले मेरो समय लिए। तर पर्मेश्वरलाई धन्यवाद होस् सबै कुराहरू ठिकै नै भई राखेको छ।

अब अरू के भनु। Facebook मा धेरै समय बिताए पछि आफ्नो blog त बिर्सिदो रहेछ।

तर अब म बिस्तारै post हरू गर्नेछु्।

सरल इस्राएल श्रेष्ठ।

Tuesday, May 5, 2009

वर्तमान राजनितिक स्थितीमा हामी ईसाइहरूको भूमिका?

तपाईहरु अहिले नेपाली समाचार सुनिराख्नु भएको छ भने पक्कै पनि अहिलेको राजनितिक माहोल तनावपुर्ण छ भनेर थाहा गर्नु भएको हुनुपर्छ। निश्चय पनि नेपाली राजनितिले ठूलै फड्को मारेको छ।

सेना 'ईन्टिग्रेसन'को विबाद लिऐर प्रमुख सेनापति निकालिएर पनि प्रधानमन्त्रीले राजिनामा दिएर पनि, अझ नपुगेर प्रचन्डले आफ्नो 'जनसेना'लाई दिएको भाषणको भिडियो 'लिक' भयो। साच्चै, यति धेरै 'ब्रेकिङ न्यूज' यति छोटो समयमा नेपालको ईतिहासमा कहिले भएको छैन।

सबैको मनमा यहि कुरा छ, 'के नेपालको समस्याहरुको हल होला?'

यो 'नरमल' हो। यस्सो हेर्दा साच्चै राजनितिक द्वन्द र अस्थिर्ता कहिलै हट्दैन जस्तो लाग्छ। अब यस्तो बेलामा हामी ईसाइहरुको काम के हुन्छ त?

अलिकति 'हिस्टोरी' हेरौं।

निस्चय पनि पर्मेश्वरको नेपाल देशको लागि ठूलो योजना छ। येशूको बारेमा नेपालले थहा पाएको करीब ५० वर्ष भन्दा बडि भैसक्यो। (धेरै वर्ष अगाडिदेखि नेपालमा ख्रीष्टिएन थिए तर खास सन् १९५१ मा मात्रै प्रचारकहरूलाई नेपाल आऊन दिइयो) ठिक तथ्यांक त मसँग छैन तर अहिले नेपालमा येशूको बारे सुनेका र येशूलाई मुक्तिदाता भनेर ग्रहण गरेका धेरै छन्। यति छोटो समयमा नै पर्मेश्वरको धेरै राज्य बिस्तार भैसकेको छ। अनगिन्ती संख्यामा चर्चहरू नेपाल देश भरी नै खुलेका छन्। यो नेपालको लागि पर्मेश्वरको योजनाको साक्षी हो।

यदि हामीले ईतिहास केलाएर हेर्ने हो भने नेपालमा ईसाइहरुले धेरै दु:ख पाएका छन्। पञ्चायत कालमा ख्रीष्टिएनहरुलाई जेल हाल्ने चलन थियो। बाईबल बोक्नेदेखि लिएर, प्रचारक, अनि येशूलाई ग्रहण गर्ने सबैलाई सजाए दिईन्थ्यो। ख्रीष्टिएनहरुको काम खालि अस्पताल बनाउने अनि समाज सेवा गर्नेमा सिमित थियो। कसैलाई प्रचार गर्ने अथवा धर्म परिवर्तन गर्ने स्वन्त्रता थिएन। तर यस्तो हुँदा पनि पहिलो 'जेनेरेसन'का विश्वासीहरू(हाम्रा गुरुबा-आमा, बाजे-बोजु, बुबा-आमा) ले येशूलाई त्यागेनन् र येशूले पनि हामीलाई त्यागनु भएन। अहिले हामी जे छै त्यो यसै कुराको 'रिजल्ट' हो।

सन् १९९१ को जन आन्दोलनसँगै नेपालमा पर्मेश्चरको काम निकै बढ्यो। अहिले त नेपाल हिन्दू राज्य होईन तर नेपाल मात्र भनेर चिनिन्छ। गएको वर्ष मात्रै हामीले इतिहास मै पहिलो पल्ट ख्रीष्टमसमा सार्वजनिक बिदा पायौं।

यो सबै नेपालमा रहेका र नेपाल देशलाई बाँचेको देख्न चाहाने असंख्य विश्वासीहरुको निरन्तर प्राथनाको कारणले हो। पर्मेश्चरले हाम्रो प्राथना सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ।

मेरो पहिलो प्रस्नमा जाऔं। देशको यस्तो अवस्तामा हाम्रो काम के त?

हामीले प्राथना गर्न छोड्नु हुँदैन: यो निरन्तर रूपमा गरिरहने प्रथना हो। तपाईलाई पर्मेश्वरसँगको धन्यवादको, अर्ज विन्तीको प्राथना सँगसगै नेपालको निम्त अन्तर विन्ती प्राथना अनिवार्य छ। नेपालको उच्च ओहदामा भएकाहरू, देश चलाउने साँचो पाएकाहरू र आम-नेपालीहरूको निम्ति नै हामीले प्राथना गर्नुपर्छ, यो विश्वासमा कि, जे तपाईले प्रथनामा माग्नुहुन्छ त्यो पर्मेश्वरले गर्नुहुन्छ। यो पर्मेश्वरको हामीलाई प्रतिग्या हो। अझै, प्रभुको इच्छ्या यो देशमा पुरा होस भनेर हामीले विन्ती गर्नुपर्छ।

अर्को कुरा: हामी हरेश खानु हुदैन। संसारमा हुँदा दु:ख हुन्छ र अझ ईसाइहरूलाई त झनै पींडा हुन्छ। तर पनि हामीले याद राख्नुपर्ने , येशूले संसारलाई जित्नु भएको छ, र संसारको मालिकलाई, स्वर्ग र पृथ्वी सृष्टी गर्नु हुने पर्मेश्चरलाई हामी चिन्छैं र उँहाको छोरा-छोरी हुने अवसर हामीले पाएका छैँ। हामी हरेश खाने र डराउन पर्ने कुनै कारण छैन।

प्राथना गर्न नछाढ्नुस्। पहिलेका ईसाइहरूले भोगेका दु:ख र पर्मेश्चरले नेपाल राष्टको निम्ति गर्नुभएको कामहरूको सम्झना गर्नुस् र उँहाको प्रशंसा गर्नुस्।

साँच्चै नै नेपाल देशमा पर्मेश्चरले अझै ठूला-ठूला कामहरू गर्नुहुनेछ।

[note: The views expressed here are solely mine and should not be considered as a general Christian view or the view of my Church.]

कसलाई चाहियो?

तिमी यस्तो छौ?
१. येशूलाई पछ्याउने

२. आत्मिक रुपमा बलियो

३. स्मार्ट र ईन्टेलिजेन्ट

४. फन्नी

५. दयालु र असल ह्रदय

६. मन मिल्ने

७. उच्च विचार

Wednesday, April 29, 2009

अब यहाँ तपाईले नेपाली पनि देख्नु हुनेछ

सबै प्यारा ब्लग पाठक मानुभाबहरू, नमस्ते र जयमसी!

आज देखि यस ब्लगले दुईटा नयाँ स्टेपहरु लिऐको छ।

पहिलो, यो ब्लगको नाम अथवा ब्लगको लिङ्क (address) चेन्ज भएको छ। अब देखि यो ब्लग XristosFilos भनेर चिनिने छ। Xristos र Filos ग्रीक शब्दहरू हुन् र यिनिहरूको अर्थ क्रमस "येशू ख्रीष्ट" र "साथि" हो। अङ्ग्रेजीमा भन्नु पर्दा "Jesus Christ" र "Friend" हो।

तपाईलाई अचम्म लागेको हुनुपर्छ कि म किन यस्तो गर्दै छु। सरल भाषामा भन्नु पर्दा, यो मेरो व्यक्तिगत ब्लग हो र म येशूको हुँ। :)

अर्को चेन्ज त तपाईले थाहा पाई सकेको हुनुपर्छ। मैले नेपालीमा पनि लेख्न थालेको छू!

यो मलाई एकदमै खुसी र नयाँ कुरा हो। मेरो नेपाली टाईपीङ् अझै ढिलो छ तर मलाई विश्वास छ कि आउने दिनहरूमा छिटो हुनेछ।

अब अरू कुरा पछि गरौँला।

पर्मेश्वरको आशिस तपाईहरूसगँ रहोस्।