New Blog

Click Here to head to the new blog.
Showing posts with label Xristos. Show all posts
Showing posts with label Xristos. Show all posts

Wednesday, April 29, 2009

अब यहाँ तपाईले नेपाली पनि देख्नु हुनेछ

सबै प्यारा ब्लग पाठक मानुभाबहरू, नमस्ते र जयमसी!

आज देखि यस ब्लगले दुईटा नयाँ स्टेपहरु लिऐको छ।

पहिलो, यो ब्लगको नाम अथवा ब्लगको लिङ्क (address) चेन्ज भएको छ। अब देखि यो ब्लग XristosFilos भनेर चिनिने छ। Xristos र Filos ग्रीक शब्दहरू हुन् र यिनिहरूको अर्थ क्रमस "येशू ख्रीष्ट" र "साथि" हो। अङ्ग्रेजीमा भन्नु पर्दा "Jesus Christ" र "Friend" हो।

तपाईलाई अचम्म लागेको हुनुपर्छ कि म किन यस्तो गर्दै छु। सरल भाषामा भन्नु पर्दा, यो मेरो व्यक्तिगत ब्लग हो र म येशूको हुँ। :)

अर्को चेन्ज त तपाईले थाहा पाई सकेको हुनुपर्छ। मैले नेपालीमा पनि लेख्न थालेको छू!

यो मलाई एकदमै खुसी र नयाँ कुरा हो। मेरो नेपाली टाईपीङ् अझै ढिलो छ तर मलाई विश्वास छ कि आउने दिनहरूमा छिटो हुनेछ।

अब अरू कुरा पछि गरौँला।

पर्मेश्वरको आशिस तपाईहरूसगँ रहोस्।