New Blog

Click Here to head to the new blog.
Showing posts with label Jesus. Show all posts
Showing posts with label Jesus. Show all posts

Tuesday, July 14, 2009

मेरो लागि मर्नै? (Die for me?)

सर्मीला (एकदम हर्षीत मुद्रामा) – येशू! येशू!
येशू – अहो, सर्मीला। के भयो?
सर्मीला – प्रभु आज म एकदम खुसी छु।
येशू – हो र?
सर्मीला – हो प्रभु। यो हप्ता मैले तपाईको बारे चर्चमा सिके। साँच्चै, तपाई कति महान हुनुहुन्छ।
(येशू खुसी बन्नुहुन्छ्)
सर्मीला – म तपाईलाई अति प्रेम गर्छु प्रभू।
येशू – म पनि तिमीलाई प्रेम गर्छु।
सर्मीला – हैन, म त तपाईलाई झन धेरै प्रेम गर्छु। म तपाईलाई यति प्रेम गर्छु। यति प्रेम गर्छु कि, कि (यता उता हेर्छिन्) म तपाईको लागि मर्न तयार छु।
येशू (दङ्ग पर्दै) – हँ? ओहो। मलाई तिमीले धेरै खुसी बनाऐ आज। अब तिमीले मेरो बारे अरूलाई भन्नूपर्छ।
सर्मीला – हुन्छ प्रर्भु। तपाईले जे भन्नुहुन्छ म त्यहि गर्छु।
(एक छिन पछि रोसन र हिमाल त्यहाँ आउछ।)
हिमाल – सर्मीला? के छ?
रोसन - Long time no see है।
सर्मीला – रोसन! हिमाल! के छ? काहाँबाट?
रोसन – हामी त तिमीलाई नै भेट्न आएको।
(येशू ध्यान दिएर सुन्नुहुन्छ।)
हिमाल – सुनन। हिजो हामी धुम्न गएको के, चोभार तिर। अनि प्रेरणा र सितल पनि थिए। कस्तो रमाईलो भयो।
रोसन – तै! बाटोमा मान्छेहरूलाई जिस्काँउदै गएको। हाहा। एउटा मान्छैलाई त लोला हानेको है, कस्तो तालुमा नै लाग्यो!
(सबै जान हास्छन्। येशू टाउको हल्लाउदै।)
हिमाल – अनि तिमीले के गर्यै सुनाउन।
येशू (सर्मीलाको कानमा) – उनिहरुलाई मेरो बारे भन। उनिहरूलाई मेरो खाँचो छ।
सर्मीला (अक्मकिदै) – अम्। मैले त खासै केहि गरिन। Nothing Interesting.
येशू (अलि नजिक आउदै) – तिमीले चर्चमा के गर्यो भनन।
(सर्मीलाले येशूलाई नसुने जस्तो गर्छ।)
रोसन – ए, ल। Next time. तिमी पनि हामीसँगै आउ है?
सर्मीला – ल। भै हाल्छ नि।
हिमाल – ल हामी जान्छौँ है त। बाई।
सर्मीला – बाई।
(हिमाल र रोसन जान्छ।)
येशू – सर्मीला, तिमीले उनिहलाई मेरो बारे किन नभनेको?
सर्मीला – हैन के येशू। उनिलाई मत्लब नै हुँदैन। उनिहरूले मैले भनेको कुरामा हाँसे भने?
येशू (दु:खी हुँदै) – अगि तिमी मेरो निम्ति मर्न तयार छौ भनेको होइन?
सर्मीला – हो प्रभु। म तपाईको निम्ति मर्न तयार छु।
येशू – यदि तिमी मेरो निम्ति बाँच्न पनि सक्दैनौ भने, मेरो निम्ति कसरी मर्छौ?
(सर्मीला अचच्म भएर येशूलाई हेर्छ। अनि दु:खी भएर फर्कन्छ।)
समाप्त
adopted from onetimeblind skit "How can you die for me?"

Wednesday, July 1, 2009

Facebook: Are you happy?

Just came across this poll on facebook. Was a little shocked to see such a straight forward question.

Its sad that almost 36% answered not happy. Now, you might argue that we have more (64%) who are happy but if we really think about it...the 36% is a lot of people considering the millions that are on facebook.

Only if they knew the love of Jesus.

Only if they heard the Gospel.

Only if....

Saturday, June 27, 2009

कुर्ची (Stool)

कुर्ची (Concept borrowed from onetimeblind)

सर्मीला – येशू। येशू। मैले तपाईलाई केहि ल्याई दिएको छू। हेर्नुस्।
(सर्मीलाले खुसी हुदैँ कुर्ची येशूको अगाडि राख्छिन्।)

येशू – ओहो! सर्मीला तिमिलाई यसको अर्थ थाहा छ? यो भनेको त तिम्रो जीवनको सबै निर्णय म लिन्छु।
(सर्मीला येशूको अगाडि हात जोड्दै)

शर्मीला – मलाई थाहा छ प्रभु। अब देखि तपाईले जे भन्नुहुन्छ। म त्यहि गर्छु।
(येशू दङ्ग पर्नुहुन्छ)

येशू – सर्मीला, म आज तिमीसँग एमदम खुसी छु। म बसौँ त?

स्रर्मीला – बस्नुस् प्रभु।
(केहि बेर पछि प्रेरणा र सितल एकदम हर्षीत मुद्रामा आउछे)

प्रेरणा – सर्मीला। सर्मीला। तिमी यहाँ छौ? हामीले तिमीलाई कति खोजेम।
सर्मीला – किन? के भो र?
(येशू ध्यान दिदै सुन्नुहुन्छ।)

सितल – सुनन। आज हामी फिल्म हेर्न जाम न? कस्तो राम्रो फिल्म लागेको छ। शारुक खान हिरो!

सर्मीला – खै। मलाई त आमाले जान दिनुहुन्न।

प्रेरणा – छ्या। तिम्रो आमाले थाहा पाउदैन के। सुटुक्क जाने।

येशू (सर्मीलाको कानमा) – हुँदैन।

सर्मीला – हुँदैन।

सितल (अच्म्म) – हँ?

सर्मीला – मेरो मतलब, भै हाल्छ नि। (अक्मकिदै)

येशू – सर्मीला?
(सर्मीला येशूलाई कुर्चीबाट धकाल्दै आफू पनि बस्छिन्।)

प्रेरणा – ल है। म अरु केटीहरूलाई पनि भन्छु। तर जानूपर्छ है।

सर्मीला (अब येशू र सर्मीला दुबै जाना कुर्चीमा।) – हुन्छ। Sure।
(प्रेरणा र सितल जान्छन्)

येशू – सर्मीला, यो तिमीले के गरेको? म त याहाँ खस्नै लागे।
(दुबै जाना कुर्चीबाट उठ्छन्।)

येशू – अगि मैले भनेको किन नमानेको?

सर्मीला – नमानेको होईन येशू। मैले नाई भन्नै सकिन। मेरो साथीहरू हुन्।

येशू – तर तिमीलाई थाहा थियो कि तिमीलाई तिम्रो आमाले जान दिनुहुन्न। त्यहि पनि किन जान्छु भनेउ?

सर्मीला (हात जोड्दै) – मलाई माफ गर्नुस् प्रभु। अब देखि म तपाईले भनेको सुन्छु। तपाई कुर्चीमा बस्नुस्।
(येशूलाई कुर्चीमा राख्दै।)

येशू – साँच्चै हो?

सर्मीला – साँच्चै येशू। साँच्ची।
(एक छिन पछि)

येशू – तिमीले आज त्यो ५०० रुपैँयाको नोट किन लिएको?

सर्मीला (नथाहा पाए जसरी) – कुन ५००को नोट प्रभु? (कुर्ची तिर बढ्दै)
येशू – तिम्रो आमाको purse को।

(सर्मीला कुर्ची माथि चढ्दै, येशूलाई ठेल्दै।)

सर्मीला – अब येशू, मेरो आमाको र मेरो भन्नु एउटै होनि।

येशू – तिमीले सोध्दा नि सोधेनौ। (अब सर्मीला येशू माथि येशूलाई हटाउन खोज्दै।) यो के गरेको?
(दुबै जाना उठ्छन्। सर्मीलाले कुर्ची बोक्छे।)

येशू – सर्मीला, तिमी मालाई यो कुर्चीमा चाहान्छौ कि नाई?
(सर्मीला येशूलाई कुर्ची दिन्छ तर आफ्नो हात हटाउदैन।)

सर्मीला – यो तपाई कै हो प्रभु। (कुर्ची एक छिन ताना तान हुन्छ।)

येशू – सर्मीला, तिमीले यो कुर्ची मलाई दिनेकी नदिने निर्णय गर्नुपर्छ।

सर्मीला – प्रभु, म निर्णय गर्न सक्दिन। (येशूले कुर्ची छाड्नुहुन्छ।)

येशू – तिमीले निर्णय गरि सक्यै।
(सर्मीला टाउको तल गरेर फर्कन्छे।)

समाप्त

translated by Saral

Tuesday, May 5, 2009

कसलाई चाहियो?

तिमी यस्तो छौ?
१. येशूलाई पछ्याउने

२. आत्मिक रुपमा बलियो

३. स्मार्ट र ईन्टेलिजेन्ट

४. फन्नी

५. दयालु र असल ह्रदय

६. मन मिल्ने

७. उच्च विचार